Logo

बुधवार, श्रावण २७ गते २०८३

images

सुन तस्करी प्रकरणमा पक्राउ परेका ८ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

सुन तस्करी प्रकरणमा पक्राउ परेका ८ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

दैनिकी न्यूज

२४, पौष २०८०
सुन तस्करी प्रकरणमा पक्राउ परेका ८ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
images

काठमाडौं । जिल्ला अदालत काठमाडौंले सुन तस्करी प्रकरणमा पक्राउ परेका आठ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।

न्यायाधीश शंकरबहादुर राईको इजलासले आठ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।

गत मंसिर २१ गते भन्सार कार्यालयले फ्लाई दुबईबाट काठमाडौं आएका चन्द्र घलेबाट १४ किलो सुन बरामद गरेको थियो। उनले सुन ज्याकेटभित्र लुकाएर ल्याएका थिए।

यसको अनुसन्धानपछि भन्सार कार्यालयले सोमबार १० जनाविरूद्ध मुद्दा दायर गरेको हो। भन्सार कार्यालयले ८ जनालाई पक्राउ गरेको थियो भने दुई जनालाई फरार कायम गरी मुद्दा दायर गरेको हो।

गोरखाका घलेलाई पक्राउ गरेपछि तस्करीबारे थप विवरण सार्वजनिक भएको थियो। विमानस्थल भन्सार कार्यालयले अनुसन्धान गर्दा उक्त समूहले एक सय ३८ किलो सुन तस्करी गरेको उल्लेख गरेको थियो।

images
प्रकाशित मिति :पौष २४, २०८० मंगलवार - ०७:५१:४५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology