Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

बज्रबाराहीमा सातौं मेयरकप क्योकुशिनकाई कराते प्रतियोगिता शुक्रबारबाट हुने

बज्रबाराहीमा सातौं मेयरकप क्योकुशिनकाई कराते प्रतियोगिता शुक्रबारबाट हुने

दैनिकी न्यूज

२६, पौष २०८०
बज्रबाराहीमा सातौं मेयरकप क्योकुशिनकाई कराते प्रतियोगिता शुक्रबारबाट हुने
images

ललितपुर । ललितपुरको चापागाउँमा १९ औं नेपाल फुलकन्ट्याक इन्कोर्पोरेटेड क्योकुशिन कराते प्रतियोगिता तथा सातौ मेयर कप क्योकुशिन कराते प्रतियोगिता हुने भएको छ। नेपाल फुलकन्ट्याक इन्कोर्पोरेटेड क्योकुशिन कराते फाउण्डेशनको आयोजना यही पौष २७ गते शुक्रबारदेखि उक्त प्रतियोगिता हुने कार्यक्रम तय भएको ब्रान्च चिफ जय देसारले जानकारी दिए ।

प्रतियोगितामा पुरुषतर्फ अण्डर २५, ३०, ३५, ४०, ४५, ५०, ५५ र ६० केजीका साथै खुला तौल समूहमा समेत गरि १५ समुहमा प्रतिस्पर्धा हुनेछ । त्यस्तै महिलातर्फ ३५, ४०, ५० र ५५ केजीका साथै खुला तौल समुहमा समेत गरि पाँच समुहमा प्रतिस्पर्धा हुनेछ।

प्रतियोगितामा राष्ट्रिय कलाकार टेकराज लंङ्घाली लगायतका अग्रज कलाकारहरुले सांस्कृतिक प्रस्तुति प्रदर्शन समेत गर्ने छन् ।

कार्यक्रममा खेलकुद तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याउने विभिन्न व्यक्तिहरुलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको छ।

आयोजक संस्थाका कोषाध्यक्ष तथा जयराम भुलुनका अनुसार देशका विभिन्न स्थानबाट आउने खेलाडीहरुका लागि खाने र बस्ने आवश्यक प्रबन्ध आयोजकले नै व्यवस्थापन गरेको छ।

प्रतियोगितामा देशभरका विभिन्न जिल्लाहरुबाट १ सय ८० भन्दा बढि खेलाडीहरुले भाग लिने छन्।

प्रतियोगिताको उद्घाटन समारोहको प्रमुख आतिथ्यता गोदावरी नगरपालिकाका नगरप्रमुख गजेन्द्र महर्जनले गने आयोजक संस्थाका सहायक डोजो प्रमुख युवराज जिम्माले जानकारी गराए ।

images
प्रकाशित मिति :पौष २६, २०८० बिहिवार - ०७:५६:०५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology