Logo

बुधवार, श्रावण २७ गते २०८३

images

क्यानले गर्‍यो क्रिकेटर सन्दीप लामिछानेलाई निलम्बन

क्यानले गर्‍यो क्रिकेटर सन्दीप लामिछानेलाई निलम्बन

दैनिकी न्यूज

२६, पौष २०८०
क्यानले गर्‍यो क्रिकेटर सन्दीप लामिछानेलाई निलम्बन
images

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले बलात्कार अभियोग प्रमाणित भएका राष्ट्रिय टिमका स्पीनर सन्दीप लामिछानेलाई निलम्बन गरेको छ ।

क्यानले बिहीबार विज्ञप्ति जारी गर्दै फौजदारी मुद्दामा दोषी ठहर भई सजाय निर्धारण भइसकेकाले सन्दीपलाई घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट गतिविधिबाट निलम्बन गरिएको जनाएको छ ।

सन्दीपलाई बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंले बुधबार आठ वर्षको कैद, तीन लाख क्षतिपुर्ति र दुई लाख पीडितलाई जरिवाना गरी पाँच लाख रुपैयाँ तिर्नुपर्ने सजाय सुनाएको थियो । पुस १३ गते नै अदालतले सन्दीपलाई दोषी ठहर गरेको थियो । सजाय बुधबार तोकिएको हो ।

images
प्रकाशित मिति :पौष २६, २०८० बिहिवार - १२:०९:३९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology