Logo

बुधवार, श्रावण २७ गते २०८३

images

तपस्वी बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

तपस्वी बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

दैनिकी न्यूज

२६, पौष २०८०
तपस्वी बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
images

काठमाडौँ । बलात्कार आरोपमा ‘तपस्वी’ रामबहादुर बम्जनलाई अदालतले थुनामा पठाउन आदेश गरेको छ । बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको जिल्ला अदालत सर्लाहीका श्रेस्तेदार सदन अधिकारीले बताए ।

बिहीबार जिल्ला अदालत सर्लाहीका न्यायाधीश विष्णुप्रसाद रेग्मीले सो आदेश गरेका हुन् । बम्जनले आफ्नै आश्रममा बस्ने आनीलाई बलात्कार गरेको आरोपमा प्रहरीमा जाहेरी परेको थियो ।

बलात्कृत भएपछि २०७५ मा आनीले आश्रम छाडेर बम्जन विरुद्ध प्रहरीमा उजुरी गरेकी हुन् । २०७६ माघमा सर्लाही प्रहरीले आनीलाई बाल यौन दुर्व्यवहार गरेको मुद्दा दर्ता गरेर बम्जनबारे अनुसन्धान थालेको थियो । उनी पुस २४ मा काठमाडौँको हात्तीगौंडाबाट पक्राउ परेका हुन् ।

योसगैँ तपस्वी बम्जनलाई थुनाका लागि जिल्ला कारागार महोत्तरी पठाउने तयारी भइरहेको छ।

images
प्रकाशित मिति :पौष २६, २०८० बिहिवार - २१:३३:४१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology