Logo

बुधवार, श्रावण २७ गते २०८३

images

खेलकुद मन्त्री लिम्बूलाई पत्नी शोक

खेलकुद मन्त्री लिम्बूलाई पत्नी शोक

दैनिकी न्यूज

२७, पौष २०८०
खेलकुद मन्त्री लिम्बूलाई पत्नी शोक
images

बिराटनगर । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुलाई पत्नी वियोग परेको छ । मन्त्री लिम्बुकी धर्मपत्नी गङ्गामाया लिम्बुको ५८ वर्षको उमेरमा गए राती राति निधन भएको हो ।

लामो समयदेखि लिभर क्यान्सरले ग्रस्त गंगामायाको उपचार भइरहेको थियो, उपचारको क्रममा बिहिवार राती बिराटनगरस्थित आफनै निवासमा निधन भएको हो ।

पारिवारका सदस्यका अनुसार शुक्रवार बिहान १० बजे स्थानीय लेटाङ ६ को गुवाबारीमा रहेको दाहसंस्कार स्थलमा परम्परा अनुसार अन्त्येष्टि गरिने भएको छ । लिम्बुको १ छोरी र १ छोरा रहेका छन् । मन्त्री लिम्बुकी केही महिना अघि आमाको समेत निधन भएको थियो ।

images
प्रकाशित मिति :पौष २७, २०८० शुक्रवार - १२:११:०१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology