Logo

सोमवार, श्रावण २५ गते २०८३

images

वर्ल्ड भिजन सहकारीको साधारणसभा सम्पन्न

वर्ल्ड भिजन सहकारीको साधारणसभा सम्पन्न

दैनिकी न्यूज

२७, पौष २०८०
वर्ल्ड भिजन सहकारीको साधारणसभा सम्पन्न
images

ललितपुर । वर्ल्ड भिजन बहुउद्देश्यीय सहकारी संस्थाको १२ औं साधारणसभा आज (शुक्रबार) सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष चेतनाथ बजगाईले सदस्यहरूको आर्थिक र सामाजिकस्तर अभिवृद्धि गरी समुन्नत समाजको विकास गर्ने लक्ष्यका साथ आफ्नो संस्था अगाडि बढिरहेको बताए ।

संस्थाका उपाध्यक्ष रमेश प्रसाद घिमिरेले यो संस्थाले आर्थिक कारोबारसँगै सामाजिक कार्यलाई पनि एक साथ अगाडि बढाउँदै लगेको जानकारी दिए । उनले सहकारी संस्थाहरुसँग एकता गरी व्यवस्थित र उत्कृष्ट सहकारी बनाउन समिति, उपसमिति, कर्मचारी र शेयर सदस्यको विभिन्न क्षेत्रमा विकास र क्षमता अभिवृद्धि गराउने कार्यहरु गर्दै जाने बताए ।

कोषाध्यक्ष सुरेन्द्र दाहालले गत आ.व.मा २०७९–०८० मा १ करोड ५४ लाख १४ हजार ७२० रुपैयाँ ५१ पैसा आम्दानी र १ करोड ४१ लाख १७ हजार २४९ रुपैयाँ १० पैसा खर्च भई १२ लाख ९७ हजार ४७१ रुपैयाँ ४१ पैसा नाफा भएको बताए ।

संस्थाका अध्यक्ष चेतनाथ बजगाईले आ.व. २०७९–८० को प्रगति प्रतिवेदन र आ.व. २०८०–८१ को प्रस्तावित कार्यक्रम पेश गरेका थिए ।

संस्थाका कोषाध्यक्ष सुरेन्द्र दाहालले आव २०७९–८० को आर्थिक प्रगति प्रतिवेदन र आव २०८०–०८१ को कार्यक्रम तथा बजेट र लेखा तथा सुपरीवेक्षण समितिको तर्फबाट संयोजक माधव प्रसाद सञ्जेलले आव २०७९–०८० को लेखा समितिको प्रतिवेदन पेश गरेका थिए ।

संस्थामा हाल ९ सय ४२ सदस्य तथा कुल शेयर पूँजी १ करोड ७७ लाख ७९ हजार र ललितपुर जिल्लाभर कार्यक्षेत्र रहेको छ ।

संस्था २०६८ साल साउन ११ गते दर्ता भै बचत तथा ऋण र बहुउद्देश्यीयको कार्य गर्दै आइरहेको छ ।

यसैबीच वर्ल्ड भिजन बहुउद्देश्यीय सहकारी र नयाँ आशा स्वास्थ सहकारीबीच मर्ज भएको छ । अब दुई सहकारी मर्ज भएर वर्ल्ड भिजन बहुउद्देश्यीय सहकारीको रुपमा कार्य गर्ने संस्थाका अध्यक्ष चेतनाथ बजगाईले जानकारी दिए । उनका अनुसार संस्थाको उपाध्यक्ष मिनराज दुलाल, सचिव रमेश प्रसाद घिमिरे, सहसचिव पदमनाथ पराजुली, कोषाध्यक्ष सुरेन्द्र दाहाल, सदस्यहरुमा निर्मला बजगाइ र राजु संजेल रहेका छन् ।

त्यस्तै लेखा तथा सुपरीवेक्षण समितिको संयोजक टंक बास्तोला, सदस्यहरू पुरुषोत्तम सापकोटा, राजकुमार श्रेष्ठ रहेका छन् ।

मर्ज गरेपछि संस्था आर्थिक रुपमा अझ सबल हुने र र संस्थामा पर्याप्त बचत र सदस्य हुने संस्थाका उपाध्यक्ष मिनराज दुलालको दाबी रहेको छ ।

images
प्रकाशित मिति :पौष २७, २०८० शुक्रवार - १८:५१:४३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology