काठमाडौँ । बिगमार्टले यस जाडो मौसमलाई मध्यनजर गर्दै आफ्ना ग्राहकहरूका लागि बिगमार्ट कार उपहार उत्सव लिएर आएको छ ।
यस उत्सव अन्तर्गत बिगमार्टमा किनमेल गर्ने ग्राहकहरुलाई जाडोको समयमा किनमेलको अनुभव अझ विशेष बनाउन माघ १ गतेबाट आगामी फाल्गुन १५ गतेसम्म हरेक सामानको खरिदमा आकर्षक छुट तथा अविश्वसनीय उपहारहरूको व्यवस्था गरेको छ ।
जसमा बम्पर पुरस्कार एक जना भाग्यशाली ग्राहकलाई एउटा टाटा टीएगो कार, एक जना भाग्यशाली ग्राहकलाई एउटा यमाहा रेजेड स्कुटर, भाग्यशाली पाँच जना ग्राहकलाई ५ वटा स्मार्ट फोनहरू, १० भाग्यशाली ग्राहकहरूका लागि जनही पाँच हजार रुपैयाँको भौचर व्यवस्था गरिएको छ ।
प्रत्येक ७५० रुपैयाा वा सो भन्दा बढीको खरिदमा पुरस्कारहरूको लागि लक्की ड्रमा प्रवेश गर्न सकिनेछ ।
सन् २००८ मा स्थापना भएर सन् २००९ देखि सञ्चालनमा रहेको बिग मार्टको ८१ वटा स्टोर सञ्चालनमा रहेका छन् । बिगमार्ट स्टोरले एउटै छानोमुनी उपभोक्तालाई सबै खाले दैनिक उपभोग्य वस्तु उपलब्ध गराउँछ ।
बिगमार्टले उपभोक्तालाई रोजी रोजी आफूलाई मनपर्ने ब्राण्डको दैनिक उपभोग्य सामग्रीका साथै हरियो तरकारी फलफूल उचित मूल्य तथा सपिङ्ग को विभिन्न एक्साइटिङ्ग अफर सहित सेवा प्रदान गर्दै आएको छ।