ललितपुर । ललितपुरको बज्रबाराहीमा सञ्चालित १९ओैं नेपाल फुलकन्ट्याक इन्कोर्पोरेटेड क्योकुशिन कराते प्रतियोगिता तथा सातौ मेयर कप क्योकुशिन कराते प्रतियोगिता सम्पन्न भएको छ ।
नेपाल फुलकन्ट्याक इन्कोर्पोरेटेड क्योकुशिन कराते फाउण्डेशनद्वारा शुक्रबारदेखि सञ्चालन भएको १९ ओैं नेपाल फुलकन्ट्याक इन्कोर्पोरेटेड क्योकुशिन कराते प्रतियोगिता तथा सातौ मेयर कप क्योकुशिन कराते प्रतियोगिता आज सम्पन्न भएको हो ।
प्रतियोगिताको उद्घाटन गोदावरी नगरपालिकाका नगर प्रमुख गजेन्द्र महर्जनले गरेका थिए । समापन समारोहमा बागमती प्रदेशसभा सदस्य मीनकृष्ण महर्जनले बिजेता खेलाडीहरुलाई कप, मेडल र प्रमाणपत्र वितरण गरे ।
प्रतियोगितामा पुरुषतर्फ २५ केजी मुनीको तौल समूहमा रिदम मगर, सुभाङ्कर सिल्वाल, बरिदजंग खड्का, आयुष तामाङ, शैलेश तामाङ र सन्दिप भुजेल प्रथम भए भने महिलातर्फ निशा ब्लोन र रिमा बोहोरा प्रथम भए ।
३० केजी मुनीको तौल समूहमा पुरुषतर्फ सुशान दर्लामी मगर, दिबस बोहोरा, बुदेश तामाङ र दिनेश श्रेष्ठ प्रथम हुन सफल भए भने महिलातर्फ पूर्णिमा ब्लोन प्रथम हुन सफल भए ।
३५ केजी मुनीको तौल समूहमा पुरुषतर्फ मौलिक थापा मगर, रोहित तामाङ, सुजन तामाङ र मौसम लो प्रथम हुन सफल भए ।
४० केजी मुनीको तौल समूहमा पुरुषतर्फ आशिष राई, योगेश मगर र मनोज अग्री प्रथम हुन सफल भए भने महिलातर्फ रन्जिता तामाङ र प्रनिशा तामाङ प्रथम हुन सफल भए ।
४५ केजी मुनीको तौल समूहमा पुरुषतर्फ करण शाही, ५० केजी मुनीको तौल समुहमा पुरुषतर्फ बिराज पुलामी र महिलातर्फ सिवानी आले मगर प्रथम हुन सफल भए ।
५५ केजी मुनीको तौल समुहमा पुरुषतर्फ चन्द्र थिङ र महिलातर्फ रोहनी कस्ती प्रथम हुन सफल भए भने ६० केजी मुनीको तौल समुहमा पुरुषतर्फ सरोज तामाङ प्रथम हुन सफल भए ।
उद्घाटन समारोहमा मन्तव्य राख्दै गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले निरन्तर भइरहने खेलकुद प्रतियोगिताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । नगरप्रमुख महर्जनले बिगत १९ बर्षदेखि बार्षिक निरन्तर भैरहेको प्रतियोगिताले खेलकुद क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएको बताए ।
‘सबै किसिमका खेलकुद प्रतियोगिता निरन्तर रुपमा हुनु आवश्यक छ । प्रतियोगिताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने कुरामा कुनै द्विविधा छैन ।' नगरप्रमुख महर्जनले भने ।
उनले खेलाडीहरुलाई प्रोत्सान गर्न नगरपालिकाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै नियमित रुपमा प्रतियोगिता होस् भन्ने शुभकामना व्यक्त गरे ।