ललितपुर । ललितपुरको इमाडोलमा इनारमा एक २८ वर्षिय महिला खसेकी छिन्।
सोमबार बिहान इमाडोल कृष्णमन्दिर पछाडि दोलखा घर भई इमाडोल डेरा गरी बस्ने २८ वर्षीया नुतन प्रधान खसेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख, एसएसपी शेखर खनालले जानकारी दिए।
प्रहरीलाई बिहान ९ः५० बजे उक्त घटनाबारे खबर भएको थियो। अहिले ती महिलाको उद्धार गर्ने काम भइरहेको छ। एसएसपी खनालले भने, ‘इनारमा खसेकी महिला कराइ रहनु भएको छ । इनारभित्र एक जना असाई ती महिलाको उद्धारको लागि कम्मरमा डोरी बाधेर भित्र पस्नु भएको छ ।‘
प्रहरी प्रभाग इमाडोल र ललितपुर प्रहरीको टोली,प्रहरीको विपत टिम र प्रहरी वृत्त सातदोबाटोका डिएसपी उमेश जोशीको टोली पनि घटनास्थल पुगि उद्धार कार्य जारी राखेको एसएसपी खनालले बताए ।
आज बिहान लुगा सुकाउने क्रममा उनी इनारमाथि चढेकी थिइन् । इनारलाई छोपेको स्लाब फुटेपछि उनी इनारभित्र खसेकी हुन् ।