Logo

बुधवार, श्रावण २७ गते २०८३

images

इमाडोलमा इनारमा खसेकी युवतीको उद्धार

इमाडोलमा इनारमा खसेकी युवतीको उद्धार

दैनिकी न्यूज

१, माघ २०८०
इमाडोलमा इनारमा खसेकी युवतीको उद्धार
images

ललितपुर । ललितपुरको महालक्ष्मी नगरापालिका वडा नं. ३ खन्नागारमेण्ट, नविनटोलस्थित रेखा यादवको घरमा डेरा गरी बस्ने वर्ष २८ की नुतन प्रधानको उद्धार भएको छ।

उद्धारपछि उनलाई उपचारका लागि पाटन अस्पतालमा भर्ना गरिएको ललितपुर प्रहरी परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए।

दोलखा स्थायी घर प्रधान आज बिहान इनारमा खसेकी थिइन्। उनलाई उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खटिएको थियो।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको विपद् व्यवस्थापन टोलीले उनलाई इनारबाट उद्धार गरेर उपचारको लागि पाटन अस्पताल लगेको कार्कीले जानकारी दिए।

उनी लुगा सुकाउने क्रममा इनारमाथि चढेकी थिइन्। तर इनारलाई छोपेको स्ल्याब फुटेपछि उनी इनारभित्र खसेकी हुन ।

cb6adcec-1b1b-4de1-bcf7-cc14f31b600c.jpeg

a0893fc6-ae99-442b-9ff8-0819834e0443.jpeg

62ca8850-b239-4195-a6de-5332986f40f5.jpeg

 

images
प्रकाशित मिति :माघ १, २०८० सोमवार - १७:५६:१९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology