Logo

बुधवार, श्रावण २७ गते २०८३

images

निजगढ रतनपुर क्षेत्रमा बाघको आतंक, किसानहरू त्रसित

निजगढ रतनपुर क्षेत्रमा बाघको आतंक, किसानहरू त्रसित

दैनिकी न्यूज

२, माघ २०८०
निजगढ रतनपुर क्षेत्रमा बाघको आतंक, किसानहरू त्रसित
images

बारा । बारा जिल्लाको निजगढ नगरपालिकाका उत्तरी भेग रतनपुर क्षेत्रमा बाघले आतङ्क मच्चाएको छ ।

नगरपालिकाको वडा नं. १०, ११, १२ र १३ मा बाघले बाख्रा गाईभैंसीलगायतका पशु चौपाया एकाएक मार्न थालेको हो ।

बाघले गत हाप्ता निजगढ –१३ मा जय बहादुर स्याङ्तानको १० ओटा बाख्रा एकै चोटि मरेका थिए ।

त्यस्तैगरि सुकबहादुर थिङ्गका गोरुलाई समेत घाइते बनाएको छ । त्यस्तै सोही दिन निजगढ १० लाल स्थित सुन्दरबस्तीका किसानहरुको गोठमै बाघको आक्रमणबाट टुबा कान्छाको २ वटा गाई, श्याम बोम्जनको १ वटा पाडा र सानुमान जिम्बाको १ वटा बाख्रा गरि एकै टोलमा ४ पशु चौपाया मारिएको छ ।

त्यस्तै गरि रतनपुर र भक्तलालमा बाख्रा खानुका साथै १० बाख्रा मारेको छ । खोरमै पसेर बाघले बाख्रा खाएको निजगढ १० लालका किसानहरूले बताए।

आइतबार बाख्रा चराएर खोरमा बाँधेर घर फर्किएका उनले सोमबार बिहान खोरमा पुग्दा बाख्रा मारेर छोडेको अवस्थामा फेला परेको बताए ।

यस्तै उक्त ठाउँमा हप्ताको एक दुई बाख्रा बाघले खाने गरेको स्थानीयहरुले बताए । यसरि बाघले बाख्रा खान थालेपछि स्थानीय त्रसित भएका छन् । रतनपुर क्षेत्रमा जंगल नजिकै वस्ती भएको हुँदा बाघले खोरमै पसेर बाख्रा खाने र मार्ने गरिरहेका छन । गाउँमा बाघ छिर्न थालेपछि स्थानीय निकै त्रसित भएका छन् । बाख्रालाई पनि दिनप्रतिदिन आक्रमण गर्न थालेको छ भने ।

बाघलाई नियन्त्रणमा लिन आवश्यक पहल भने कुनै पनि निकायले चालेको भने छैन ।

images
प्रकाशित मिति :माघ २, २०८० मंगलवार - २०:२९:०५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology