Logo

बुधवार, श्रावण २७ गते २०८३

images

लागु औषधसहित ललितपुरको इमाडोलबाट एक युवक पक्राउ

लागु औषधसहित ललितपुरको इमाडोलबाट एक युवक पक्राउ

दैनिकी न्यूज

३, माघ २०८०
लागु औषधसहित ललितपुरको इमाडोलबाट एक युवक पक्राउ
images

ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. ३, इमाडोल, महर्जन चोक बस्ने सर्लाही घर भएका २७ वर्षीय दिपेश जैसवाललाई प्रतिबन्धित औषधीहरू टेनाड ५ हजार ६ सय ट्याब्लेट, स्पासरेष्ट १ हजार ३ सय ट्याब्लेट, स्पास्मो ४ सय ट्याब्लेट, पीजीएबी ७५ एमजीको ६ सय ट्याब्लेट, पीजीएबी १०० एमजीको ७ सय ट्याब्लेट र स्पास्पेन ६ सय ५० ट्याब्लेटसहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग इमाडोलबाट खटिएको प्रहरीले उनलाई उक्त प्रतिबन्धित औषधीहरूसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :माघ ३, २०८० बुधवार - ०९:१५:२५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology