Logo

आइतवार, कार्तिक ९ गते २०८३

images

१५ लाख घुससहित बनेपाका वडाध्यक्ष पक्राउ

१५ लाख घुससहित बनेपाका वडाध्यक्ष पक्राउ

दैनिकी न्यूज

४, माघ २०८०
१५ लाख घुससहित बनेपाका वडाध्यक्ष पक्राउ
images

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ लाख घुससहित काभ्रेको बनेपा नगरपालिका वडा नं. ९ का वडाध्यक्षलाई नियन्त्रणमा लिएको छ । उनी २०७९ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट वडा अध्यक्षमा १२०० मतसहित विजयी भएका थिए ।

घर बाटो सिफारिस गर्ने प्रयोजनको लागि १५ लाख घुस (रिसवत) लिइसकेको अवस्थामा वडाध्यक्ष नृपेश बादेलाई बुधबार साँझ भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नं. ३ गठ्ठाघरबाट नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

उनका अनुसार वादेले घर बाटो सिफारिस गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

उनका अनुसार वडाध्यक्ष बादेसँगै आएको बा ७ च १२९ नं. को कार चालक सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नं. ७ मिलनटारका ३१ वर्षीय पदमबहादुर प्रधानलाई समेत गाडीसहित नियन्त्रणमा लिइएको छ ।

उनको साथबाट १० हजार जाप्निज एन एक सय डलरको एक थानसमेत बरामद गरिएको उनले बताए ।

यसबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

images
प्रकाशित मिति :माघ ४, २०८० बिहिवार - ०७:३०:३७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology