Logo

आइतवार, श्रावण २४ गते २०८३

images

नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव, यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव, यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

दैनिकी न्यूज

५, माघ २०८०
नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव, यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना
images

काठमाडौं । देशका पहाडी भेगमा आंशिक बदली छ। तराईका एक–दुई स्थानमा हुस्सु र कुहिरो लागेको छ।

​दिउँसो कोशी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागको मौसम सफा रहनेछ।

कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

राति देशका पहाडी भूभागमा आंशिक रही बाँकी भागको मौसम सफा रहनेछ।

कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कोशीबागमतीगण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई  स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। साथै तराईका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो लाग्ने  हुँदा दैनिक जनजीवनस्वास्थ्ययातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले त्यसबाट हुन सक्ने असरका साथै चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउनुहुन  अनुरोध छ।

images
प्रकाशित मिति :माघ ५, २०८० शुक्रवार - ०७:४३:०० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology