Logo

बुधवार, श्रावण २७ गते २०८३

images

जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ

दैनिकी न्यूज

६, माघ २०८०
जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ
images

कञ्चनपुर । भिमदत्त नगरपालिका वडा नं. ४ स्थित ओम नास्ता पसलमा जुवातास खेलिरहेको अवस्थामा बेदकोट नगरपालिका-९ बस्ने ३० वर्षीय गोपाल बहादुर भण्डारी समेत ५ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४४ हजार ९४ रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :माघ ६, २०८० शनिवार - १५:५४:०५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology