Logo

आइतवार, श्रावण २४ गते २०८३

images

यू–१९ विश्वकप किक्रेटः नेपाल आज न्यूजिल्याण्डसँग खेल्दै

यू–१९ विश्वकप किक्रेटः नेपाल आज न्यूजिल्याण्डसँग खेल्दै

दैनिकी न्यूज

७, माघ २०८०
यू–१९ विश्वकप किक्रेटः नेपाल आज न्यूजिल्याण्डसँग खेल्दै
images

काठमाडौं । आइसीसी यू–१९ विश्वकप किक्रेटमा आज नेपालले न्यूजिल्याण्डसँग खेल्न लागेको छ । नेपालले आफ्नो पहिलो खेलमा न्यूजिल्याण्डको खेल्न लागेको हो।

नेपाल र न्यूजिल्याण्ड बीचको खेल नेपाली समय अनुसार आज दिउँसो पौने २ बजेदेखि सुरु हुने छ। ८ वर्षपछि १९ वर्ष मुनिको विश्वकप खेल्न लागेको नेपाल न्यूजिल्याण्डविरुद्धको अपराजित यात्रालाई कायम गर्ने लक्ष्यका साथ मैदान उत्रिने छ।

यू–१९ विश्वकपमा यसअघि न्यूजिल्याण्डविरुद्ध २ पटक खेलेको नेपालले दुवै खेलमा जित निकालेको छ। नेपालले सन् २००६ मा भएको विश्वकपमा १ विकेटले र सन् २०१६ मा भएको विश्वकपमा ३२ रनले न्यूजिल्याण्डलाई हराएको थियो।

दक्षिण अफ्रिकामा जारी यू-१९ विश्वकपमा नेपालसहित १६ देश सहभागी छन्। यो विश्वकपमा नेपाल समूह ‘डी’ मा छ। यो समूहमा नेपालसहित न्यूजिल्याण्ड, अफगानिस्तान र पाकिस्तान छन्। हरेक समूहका शीर्ष ३ टोली सुपर सिक्समा पुग्नेछन्।

नेपालले यू-१९ विश्वकपमा दोस्रो खेल जनवरी २४ मा पाकिस्तानसँग र जनवरी २६ मा तेस्रो खेल अफगानिस्तानसँग खेल्ने तालिका रहेको छ।

images
प्रकाशित मिति :माघ ७, २०८० आइतवार - ०७:५२:५२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology