Logo

बुधवार, श्रावण २७ गते २०८३

images

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

दैनिकी न्यूज

७, माघ २०८०
आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ
images

दाङ । आफ्नै श्रीमती ४२ वर्षीया लक्ष्मी चौधरीको हत्या गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका-४ तल्लो हलवार बस्ने ४३ वर्षीय पेण्डुवा चौधरीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

मादक पदार्थ सेवन गरेका पेण्डुवाले स्टिलको रड प्रहार गर्दा लक्ष्मीको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय तुलसीपुर, प्रहरी चौकी खाद्रे र अस्थायी प्रहरी पोष्ट पर्सनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :माघ ७, २०८० आइतवार - १४:५०:२३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology