Logo

बुधवार, श्रावण २७ गते २०८३

images

होटल स्क्वायरको सञ्चालक ललिता पक्राउ

होटल स्क्वायरको सञ्चालक ललिता पक्राउ

दैनिकी न्यूज

८, माघ २०८०
होटल स्क्वायरको सञ्चालक ललिता पक्राउ
images

ललितपुर । पुल्चोकस्थित स्क्वायर होटलका सञ्चालक ललिता देवकोटा भण्डारी पक्राउ परेका छन् । पाँच महिनाअघि ललितपुर जावलाखेलका सजिलमान शाक्यको होटलको स्विमिङ पुलमा पौडी खेल्ने क्रममा पानीमा करेन्ट प्रवाह भएको घटनाको पाँच महिनापछि प्रहरीले जाहेरी लिएको थियो ।

प्रहरीले सो घटनाको विषयमा जाहेरी लिएसँगै आइतबार होटलका सञ्चालक ललितालाई पक्राउ गरेको ललितपुरको प्रहरी प्रमुख, एसएसपी शेखर खनालले जानकारी दिए ।

१५ भदौमा सो होटलको स्विमिङ पुलमा पौडी खेलिरहेका बेला करेन्ट लागेर ललितपुरका साजिलमान शाक्य गम्भीर घाइते भएका थिए । त्यसयता उनी कोमामा रहेका छन् । उनकी पत्नी रजिना मानन्धरले होटल सञ्चालकलाई कारबाहीको माग गर्दै आए पनि प्रहरीले लामो समय जाहेरी लिन मानेको थिएन । ललितपुर प्रहरी प्रमुख परिसरमा सो घटनाको जाहेरी दर्ता भएको थियो । पीडित मानन्धरले मुलुकी अपराध संहिता, २०७४ को दफो १७८ को उपदफा (१) र (२) र दफा १७७ अनुसारको कसुरअनुसार सजाय माग गरेकी छन् ।

सरकारी वकिलको कार्यालयमार्फत् २९ पुस २९ गते जाहेरी दर्ता भएसँगै अभियुक्तलाई पक्राउ गरेको हो । होटलकी अध्यक्ष रोमी अर्याल भने हालसम्म फरार नै छिन् । उनीविरुद्ध प्रहरीले पक्राउ अनुमति लिइसकेको छ । रोमी र ललिता सासु बुहारी हुन् ।

स्क्‍वायरकी सञ्चालक सदस्य ललिताविरुद्ध अनुसन्धान गर्न जिल्ला अदालत ललितपुरले प्रहरीलाई तीन दिनको म्याद थप गरिदिएको छ ।

images
प्रकाशित मिति :माघ ८, २०८० सोमवार - ०७:३६:२५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology