Logo

आइतवार, श्रावण २४ गते २०८३

images

राम प्राण प्रतिष्ठाको अवसरमा श्री सुर्योदय सांस्कृतिक क्लबद्वारा शोभा यात्रा

राम प्राण प्रतिष्ठाको अवसरमा श्री सुर्योदय सांस्कृतिक क्लबद्वारा शोभा यात्रा

दैनिकी न्यूज

९, माघ २०८०
राम प्राण प्रतिष्ठाको अवसरमा श्री सुर्योदय सांस्कृतिक क्लबद्वारा शोभा यात्रा
images

महोत्तरी । महोत्तरी जिल्लाको भंगहा नगरपालिका वडा नम्बर ४ रामनगर बिर्तामा श्री राम प्राण प्रतिष्ठाको अवसरमा श्री सुर्योदय सांस्कृतिक क्लबद्वारा शोभा यात्रा निकालेको छ ।

भारतको आयोध्यामा नवनिर्मित राम मन्दिर प्राण प्रतिष्ठाको समुदघाटनको अवसरमा महोत्तरी भंगहाको स्थानिय युवा र क्लबले शोभा यात्राको आयोजना गरेका थिए । सो क्लबले शोभा यात्रामा बाजा गाजा सहित श्रद्धालु भक्तजनको हातमा राम भगवान र हनुमानको झण्डा लिएर जय श्रीराम जयजयकार लगायतका नारा गर्दै नगर परिक्रमागरी कार्यक्रम समापन गरेको हो ।

स्थानिय रामजानकी कुटिका महन्थ विलास दासका अनुसार ५०० वर्ष पछि हिन्दुको प्रतीक भगवान श्री राम ललाको गृह प्रवेश भएको भगवान श्रीराम भारतको मात्रै नभएर विश्वमै भएको हिन्दु तथा ओमकार परिवरभित्रका सनातनए प्रतीक भएको बताए ।

दासले भने 'हामीले यो दिन रामोत्सव कार्यक्रमगरी मनाएका छौं यस नगरवासीहरुको प्रत्येक घरघरमा दिपावली प्रज्वलन गरिएको छौँ ।' उक्त शोभा यात्राको समापन पछि भजन कृतन र हर्षोउल्लासका साथ कार्यक्रममा १११ दिप प्रज्वलन गरि कार्यक्रम सम्पन्न भएको हो ।

images
प्रकाशित मिति :माघ ९, २०८० मंगलवार - ०७:५७:५६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology