बारा । ग्रामिण बिकास सेवा समुह नगर स्तरिय नकाउट फुटबलको उपाधीकालागी निजगढ सिटी फुटबल क्लब र समाजसुधार फूटबल क्लब भिड्ने भएको छ । बारा जिल्लाको निजगढ नगरपालिका वडा नम्बर १२ कोलगाउँ स्थित सोनाम ल्होसारको अवसरमा सन्चालित ग्रामिण बिकास सेवा समुहद्वारा आयोजित निजगढ नगर स्तरिय नकाउट फुटबल प्रतियोगिताको उपाधीकालागी माघ १० गते यी दुई टोली एक आपासमा आमाने सामाने हुने भएको हो । सिटीले यस अघि नै फाईनलको यात्राको क्रममा रतनपुर युनाइटेड, आयओजक 'वि' र निजगढ फुटबल क्लबसँग जित निकालेका थिए । त्यस्तै समाजसुधार फूटबल क्लबले सिङ्गौल एफसी, रतनपुरविछ टोल र फ्याफुल्ला फुटबल क्लबलाई पाखा लगाएर फाइनलको यात्रा तय गरेका हुन ।
।
उपाधी बिजेताले नगद ५० हजारसहित ट्रफी ट्रफी प्रमाणपत्र र उपविजेताले ३० हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन। उक्त खेलमा निजगढ नगरभरीका विभिन्न टोल र वडागरी १४ टोलीको सहभागीता रहेका थिए । खेल माघ १० गते दिनको १ बजे एफसी कोलगाउँ फुटबल क्लब खेलमैदानमा हुने आयोजकका अध्यक्ष बाबुराम थिङ्गले जानकारी दिएको छ ।