Logo

बुधवार, श्रावण २७ गते २०८३

images

माघ २२ गते संसद्को हिउँदे अधिवेशन बोलाउन सरकारको सिफारिस

माघ २२ गते संसद्को हिउँदे अधिवेशन बोलाउन सरकारको सिफारिस

दैनिकी न्यूज

९, माघ २०८०
माघ २२ गते संसद्को हिउँदे अधिवेशन बोलाउन सरकारको सिफारिस
images

काठमाडौं । सरकारले संसद्को हिउँदे अधिवेशन यही माघको २२ गते बोलाउन सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले माघ २२ गते दिउँसो ४ बजे सङ्घीय दुवै सदनको संसद् अधिवेशन आह्वानका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

यस्तै सरकारले कोटेश्वर चोक सुधार परियोजनाका लागि जापान सरकारको ३१ अर्ब २ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकृत गर्न वार्ता टोली गठन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिए ।

बैठकले राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ को नियमन १६ को उपनियम (१) को खण्ड (क) बमोजिम डा. असिम भण्डारीलाई राष्ट्रिय एन्टिडोपिङ एजेन्सीको संयोजक पदमा मनोनयन गर्ने निर्णय पनि गरेको छ ।

images
प्रकाशित मिति :माघ ९, २०८० मंगलवार - १९:५१:२१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology