Logo

सोमवार, श्रावण २५ गते २०८३

images

ललितपुरको नापी कार्यालयका नापी सर्वेक्षक यादवसहित ३ जना अख्तियारको फन्दामा

ललितपुरको नापी कार्यालयका नापी सर्वेक्षक यादवसहित ३ जना अख्तियारको फन्दामा

दैनिकी न्यूज

१०, माघ २०८०
ललितपुरको नापी कार्यालयका नापी सर्वेक्षक यादवसहित ३ जना अख्तियारको फन्दामा
images

ललितपुर । नापी कार्यालय ललितपुरका नापी सर्वेक्षक रामवीर यादवसहित ३ जना घुस रकमसहित पक्राउ परेका छन् ।

नापी सर्भेक्षक रामविर यादव, लेखापढी व्यवसायी दिनेश बन्जरा र विनोद अधिकारीलाई २ लाख ५० हजार घुससहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

उनीहरू तीनजना मंगलबार नापी कार्यालय परिसरबाट पक्राउ परेका हुन् । जग्गा कित्ताकाँट गरी जग्गा धनी प्रमाण पूर्जा बनाउने प्रयोजनार्थ सेवाग्राहीसँग घुस (रिसवत) माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको प्रवक्ता घिमिरेको भनाई छ ।

तीनै जनामाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

images
प्रकाशित मिति :माघ १०, २०८० बुधवार - ०७:२४:३२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology