बारा । ग्रामिण बिकास सेवा समुहद्वारा आयोजित नगर स्तरिय नकाउट फुटबल प्रतियोगिताको उपाधी निजगढ सिटी फुटबल क्लबले चुमेको छ।
बाराको निजगढ नगरपालिका वडा नम्बर १२ कोलगाउँ स्थित सोनाम ल्होसारको अवसरमा सन्चालित नकाउट फुटबल प्रतियोगितामा बुधबार भएको फाइनल खेलको निजगढ सिटि क्लबले समाजसुधार फुटबल युवा क्लबलाई २-० ले स्तब्ध पारेको हो । खेलमा रिकेश लामा र एरिक तिमल्सिनाले सम्मान१र १ गोल गरेर टोलिलाई उपाधी दिलाएको हो ।
सो खेलको म्यान अफ दि म्याच समाजसुधारका खेलाडी धनराज वि।क। घोषित भएका भए । फुटबल खेल प्रतियोगिताको उत्कृष्ट गोलरक्षक सिटीका रविन बस्नेत घोषित भएका हुन । त्यस्तैगरी उत्कृष्ट खेलाडी पनि सिटी क्लबका नवीन गौतम घोषित भएका थिए । विजेताले नगद ५० हजारसहित प्रमाणपत्र, मेटल र ट्रफि पाए भने उपविजेताले ३० हजार नगदसहित प्रमाणपत्र, मेटल र ट्रफि प्राप्त गरेको छ ।
समापन समारोह कार्यक्रमको सभाध्यक्ष बाबुराम थिङ्गको अध्यक्षतामा भएका थिए भने प्रमुख अतिथी निजगढ वडा नम्बर १२ का अध्यक्ष ज्ञानबहादुर गोले रहेका थिए । त्यस्तैगरी अतिथिहरुमा निजगढ वडा नम्बर १३ का वडा अध्यक्ष सुर्य घलान, वडा नम्बर ११ का वडा अध्यक्ष सहइया गुरो, वडा नम्बर ५ का वडा अध्यक्ष सुर्यबहादुर थापा मगर, वडा नम्बर १२ का वडा सदस्यहरु सम्फु थोकर, चन्द्रमान तामाङ्ग, सुकुमाया मोक्तान, बुद्दिमाया वि।क। र वडा नम्बर १० का वडा सद्स्य कुमारबहादुर मोक्तान, समाजसेवी बेनिबहादुर मोक्तान, कृषि सामग्री खरिदबिक्री सहकारी संस्थाका अध्यक्ष विष्णु रिसाल, स्थानीय दिनेश भुलोन, समाजसेवी युवक मोक्तान, धन बहादुर खुलाल, दिनेश गुरो, सोनामसिङ्ग गोले,नवराज रिजाल, सन्तोष ढुङ्गेललगायतका सहभागीता रहेका थिए ।
कार्यक्रमको स्वागत मन्तव्य क्लबका पुर्व सचिव बुद्दिलाल मोक्तानले गरेका थिए भने सन्चालन निकेश तिमल्सिनाले गरेका थिए। कार्यक्रममा फुटबल प्रतियोगितालाई सहयोग गरेका संघ सस्था, ब्यक्तित्वहरुलगायतलाई सम्मानपत्र सम्मान गरेका थिए ।