Logo

आइतवार, श्रावण २४ गते २०८३

images

यु–१९ विश्वकपः नेपालले अफगानिस्तानलाई दियो १४६ रनको लक्ष्य

यु–१९ विश्वकपः नेपालले अफगानिस्तानलाई दियो १४६ रनको लक्ष्य

दैनिकी न्यूज

१२, माघ २०८०
यु–१९ विश्वकपः नेपालले अफगानिस्तानलाई दियो १४६ रनको लक्ष्य
images

काठमाडौँ । यू–१९ विश्वकप क्रिकेटअन्तर्गत जित्नै पर्ने खेलमा नेपालले अफगानिस्तानसँग १४६ रनको लक्ष्य पाएको छ। टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ४०.१ ओभरमा अलआउट हुँदै १४५ रन बनाउन सफल भयो।

सुरुवतामा पूर्णरुपमा हावी भएको नेपालविरुद्ध पछिल्लो क्रम सम्हालिँदा कमजोर स्कोरबाट अफगानिस्तान केही माथि उठेको थियो।

४३ रन जोड्दा ६ विकेट गुमाएको अफगानिस्तानले त्यसपछि क्रिजमा केही सम्हालियो। उसले सातौं विकेटका लागि ४२ रनको साझेदारी गर्‍यो। उसका लागि महत्वपूर्ण साझेदारी भने नवौं विकेटका लागि भयो। नवौं विकेटका लागि कप्तान नसिर खान र फरिदोन दावदजाइले ५५ रनको साझेदारी गर्दै टिमको कमजोर स्कोरलाई केहीमाथि लगेका थिए।

अफगानिस्ताका लागि कप्तान नसिर ३१ रनमा आउट हुँदा एएम घजनफारले ३७ रन बनाए। त्यस्तै, फरिदोन दावदजाइले २९ रन बनाए।

नेपालका लागि आकाश चन्दले ५ विकेट लिँदा दिपेश कँडेलले २ विकेट लिए। त्यस्तै, गुल्सन झा, सुवास भण्डारी र तिलक भण्डारीले समान १–१ विकेट लिए।

images
प्रकाशित मिति :माघ १२, २०८० शुक्रवार - १७:२०:३५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology