Logo

बुधवार, श्रावण २७ गते २०८३

images

जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ

दैनिकी न्यूज

१३, माघ २०८०
जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ
images

काठमाडौं । गोकर्णेश्‍वर नगरपालिका(वडा नं. ८ बेशीगाउँस्थित सोलुखुम्बु काकु गाउँपालिका-५ घर भएकी २९ वर्षीया अनु तामाङको सोलुखुम्बु खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा तामाङ समेत १७ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५८ हजार ९ सय ५० रूपैयाँ र ९ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :माघ १३, २०८० शनिवार - १५:५९:२४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology