Logo

बुधवार, श्रावण २७ गते २०८३

images

थप करिब तीन हजारलाई शहीद घोषणाको तयारी हुँदैछ : प्रधानमन्त्री दाहाल

थप करिब तीन हजारलाई शहीद घोषणाको तयारी हुँदैछ : प्रधानमन्त्री दाहाल

दैनिकी न्यूज

१३, माघ २०८०
थप करिब तीन हजारलाई शहीद घोषणाको तयारी हुँदैछ : प्रधानमन्त्री दाहाल
images

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष्ाँ तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले थप करिब तीन हजार जनालाई शहीद घोषणाको तयारी गरिरहेको बताएका छन् । शहीद प्रतिष्ठान नेपालले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा प्रधानमन्त्री दाहालले माओवादी जनयुद्धका क्रममा सरकारले घोषणा गर्न बाँकी रहेका करिब ३ हजार जनालाई छिट्टै शहीद घोषणा गर्ने तयारी रहेको बताएका हुन् ।

उनले त्यसका लागि मन्त्रिपरिषदबाट निर्णय भएर राजपत्रमा प्रकाशित गर्ने कामलाई अघि बढाइएको बताए।

प्रधानमन्त्री दाहालले सरकारले अझै पनि जनयुद्धका क्रममा बलिदान गर्नेहरुलाई शहीद बनाउने काममा छुटेका भए तत्काल सम्बोधन गर्ने आश्वासन समेत दिए । आफूले तेस्रो पटक प्रधानमन्त्री भएपछि माओवादी जनयुद्ध र जनआन्दोलनका शहीदहरु नछुटुन् भनेर विशेष ध्यान दिएको उनको भनाइ थियो ।

images
प्रकाशित मिति :माघ १३, २०८० शनिवार - १६:०७:१७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology