Logo

सोमवार, श्रावण २५ गते २०८३

images

पशुपति सामुदायिक वनको ११औं वार्षिक साधारण सभा सम्पन्न

पशुपति सामुदायिक वनको ११औं वार्षिक साधारण सभा सम्पन्न

उमेश घलान

१४, माघ २०८०
पशुपति सामुदायिक वनको ११औं वार्षिक साधारण सभा सम्पन्न
images

बारा । बाराको निजगढ नगरपालिका वडा नम्बर १२ मा रहेको पशुपति सामुदायिक वन उपभोक्ता समुह कोलगाऊँको ११ औं वार्षिक साधारणसभा शनिबार गुनासोसहित सम्पन्न भएको छ । समितीका अध्यक्ष धनबहादुर खुलालको अध्यक्षता तथा निजगढ नगरपालिका नगर उपप्रमुख सोममाया थिङ्गको प्रमुख आतिथ्यतामा रुद्ररक्षको विरुवामा जल सिंचितगरी उदघाटन गरेकी थिइन ।

कार्यक्रममा बोल्दै उपप्रमुख अतिथि थिङ्गले सामुदायिक वनका उपभोक्ताहरुले वन पैदावार मात्र उपभोग नगरी वनलाई हरियाली र प्रबर्दन गर्न तर्फ पनि लाग्नुपर्ने बताएकी छिन । साथै थिङ्गले रतनओउर क्षेत्रमा ११ वटा सामुदायिक वन रहेको र अधिकांश सामुदायिक वनहरु सक्रिय नरहेको सुन्द आफू दुखित भएको बताईन । उपप्रमुख थिङ्गले निजगढलाई हराभरा र स्वच्छ नगर बनाउन स्थानिय सरकार सामुदायिक वनहरुको पक्षमा रहेको र वनको निति निर्माणका क्रममा सामुदायिक वनसंग सहकार्य गरेर निति निर्माण गरिने बताउदै सफा सुन्दर ,हरियाली र बातावरण मैत्री नगर बनाउन पालिकाले विभिन्न अभियानहरु सञ्चालन गर्दै आएको हुदा सम्पुर्ण नगरवासिले सो अभियान सफल बनाउनका लागी हातेमालो गर्न आग्रह गरिन । थिङ्गले सामुदायिक वनलाई थप सहयोगका लागि नगरपालिकाले सहायक वन अधिकृतको सूचना प्रकाशित गरेको जानकारी समेत दिएकी थिइन ।

उक्त कार्यक्रममा निजगढ नगरपालिकाकि उपप्रमुख सोममाया थिङ्ग, १२ का वडाध्यक्ष ज्ञानबहादुर गोले, सामुदायिक वन उपभोक्ता महासंघ निजगढ नगर अध्यक्ष कुशबहादुर थापा, क्रियाशिल बचत तथा ॠण सहकारी संस्थाका अध्यक्ष ईन्द्रलाल श्रेष्ठलगायतले शुभकामना मनतव्य राख्नुभएका थिए ।

सो अवसरमा समुहका अध्यक्ष खुलालले अध्यक्षको वार्षिक प्रतिवेदन र समुहको गत आ।व को प्रगती तथा आगामी बर्षको निति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । त्यस्तैगरि समुहकी सचिव दिलमाया तामाङ्गले आर्थिक र अन्तरिक लेखा प्रतिवेदन विवरण प्रस्तुत गरेकी छिन । समुहकी कार्यसमिति कोषाध्यक्ष फुलमायालोकी स्वागत मनतव्य रहेको सो कार्यक्रमको सञ्चालन भने स्थानीय युवा निकेश तिमल्सिनाले गरेका थिए ।
उक्त कार्यक्रममा १२ का वडाध्यक्ष ज्ञानबहादुर गोले, सामुदायिक वन उपभोक्ता महासंघ निजगढ नगर अध्यक्ष कुशबहादुर थापा, सवडिभिजन वन रतनपुर्का कर्मचारी मुकेशकुमार दास, हरेन्द्रप्रसाद कुशवह बुद्धज्योति सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष ज्ञानबहादुर दोङ्ग , तपोभुमी सामुदायिक वनका अध्यक्ष दिलबहादुर थापा, श्री सरस्वती आधारभुत विद्यालयका व्यवस्थापन अध्यक्ष लक्ष्मण थिङ्ग, तत्कालीन अध्यक्ष मेनुका स्याङ्बो, क्रियाशिल बचत तथा ॠण सहकारी संस्थाका अध्यक्ष ईन्द्रलाल श्रेष्ठलगायत स्थानीय समाजसेवी, बुद्धिजिवि, विभिन्न संघ संस्थाका पदाधिकारीहरुको सहभागी रहेका थिए ।
हाल उक्त सामुदायिक वन समुहमा करिब २ सय १५ घरधुरी उपभोक्ता रहेको भनेव सामुदायिक वन ३ सय हेक्टर क्षेत्रफल रहेको अध्यक्ष धनबहादुर खुलालले जनाएको छ।

images
प्रकाशित मिति :माघ १४, २०८० आइतवार - ०७:२६:५१ बजे

 

उमेश घलान

घलान बारा जिल्लाको स्थानीय सम्वाददाता हुन् ।

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology