Logo

बुधवार, श्रावण २७ गते २०८३

images

कृपा दैनिकले स्थापना गरेको दुई पुरस्कारबाट तीन कृयाशिल पत्रकार पुरस्कृत

कृपा दैनिकले स्थापना गरेको दुई पुरस्कारबाट तीन कृयाशिल पत्रकार पुरस्कृत

दैनिकी न्यूज

१७, माघ २०८०
कृपा दैनिकले स्थापना गरेको दुई पुरस्कारबाट तीन कृयाशिल पत्रकार पुरस्कृत
images

बारा । कृपा दैनिक पत्रिकाले स्थापना गरेको स्वर्गीय नवजान स्मृति पुरस्कार तथा चन्द्रप्रसाद खनाल स्मृति पत्रकारिता पुरस्कारबाट बारासहित रौतहट र सर्लाहीका गरी तीनजना कृयाशिल पत्रकारलाई प्रदान गर्ने निर्णय भएको छ ।
बुधबार कृपा दैनिकको वीरगन्ज स्थित कार्यालयमा बसेको पुरस्कार छनौट समितिको बैठकले रु. ५० हजारको धनराशी रहेको नवजान स्मृति पत्रकारिता पुरस्कारबाट रौतहटका कृयाशिल पत्रकार फणी महत तथा सर्लाहीका पत्रकार ओमप्रकाश ठाकुरलाई प्रदान गर्ने निर्णय गरेको हो । महत र ठाकुरलाई सम्मान पत्रसहित जनही २५/२५ हजारका दरले नगद रकमसहित पुरस्कृत गर्ने निर्णय गरेको कृपा दैनिकका कार्यकारी सम्पादक एवम् पुरस्कार छनौट समितिका संयोजक कृष्णउदास खनालले जानकारी दिए ।
यसरी नै कार्यकारी सम्पादक खनालकै पिता चन्द्रप्रसाद खनालको नाउँमा बिगत १६ बर्ष अगाडि स्थापना गरिएको चन्द्रप्रसाद खनाल स्मृति पत्रकारिता पुरस्कारबाट बाराका पत्रकार शारदा पोखरेललाई नगद १० हजारसहित सम्मान पत्रबाट पुरस्कृत गर्ने निर्णय भएको कृपा दैनिकका सम्पादक गोकुल घोरसाइनेले जानकारी दिए ।
बिगत दुई बर्ष कोरोनाका कारण कृपा दैनिकका प्रधानसम्पादक नवराज उपाध्यायको निधन भएकाले स्थगित भएको पुरस्कार बितरण कार्यक्रम अब भने कृपा दैनिकको बार्षिकोत्सवमा हरेक बर्ष बितरण गरिने कृपा दैनिक पत्रिकाका संस्थापक सम्पादक एवम् पुरस्कार छनौट समितिका संरक्षक कमलकुमार उपाध्यायले बताए ।
आगामी फागुन ५ गते बाराको निजगढमा आयोजना गरिने कृपा दैनिकको २० औं बार्षिकोत्सवका अवसरमा यी पुरस्कारहरु बितरण गरिने पनि उपाध्यायले जानकारी दिए ।
कृपा दैनिकले आफ्नो २० औं बार्षिकोत्सव यही फागुन ५ गते निजगढमा एक बिशेष कार्यक्रमको आयोजना गरी मनाउने तयारी गरिरहेको छ । कृपा दैनिकले पत्रिकाका प्रधानसम्पादक नवराज उपाध्यायकी धर्मपत्नी उमा (जानकी) देवी उपाध्यायको नाउँमा २०७२ सालबाट यो पुरस्कार स्थापना गरी बितरण गर्दै आइरहेको छ भने स्वर्गीय प्रधानसम्पादक नवराज उपाध्यायको नाउँमा यस पटक पहिलो पुरस्कार प्रदान गर्न लागेको हो भने चन्द्रप्रसाद खनाल स्मृति पत्रकारिता पुरस्कार भने २०६६ सालबाट स्थापना गरी निरन्तर बितरण गर्दै आइरहेको छ ।

images
प्रकाशित मिति :माघ १७, २०८० बुधवार - १९:११:२२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology