बारा । बाराको निजगढ नगरपालिका वडा नं. १० लालमा योङ्ग स्टार युनाइटेड फुटबल क्लबको आयोजनामा हुने ल्होछर कप फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको छ ।
आयोजक योङ्ग स्टार युनाइटेड फुटबल क्लबले विहिबार लाल बुद्धचोक स्थित खेलमैदानमा सो प्रतियोगिता आतोजना गरेको हो । मधेश प्रदेश र बागमती सो खेलमा प्रदेशलगायतका १६ फुटबल टोलिको सहभागिता रहने भएका छन । माघ १८ गते आज विहिबार देखि सुरु हुने सो प्रतियोगिताको तयारी पूरा भएको संयोजक कुमार मोक्तानले जानकारी दिएको हो ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद रु. १ लाख १० हजार ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । यस्तै, उपविजेताले रु। ५५ हजार रुपैयाँ नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछ ।
व्यक्तिगत विद्यातर्फ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले रु। ५ हजार नगद र अकर्षक ट्रफी पाउनेछ भने सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, फरवार्डलाई जनही ३ हजारसहित अकर्षक ट्रफि प्रदान गरिने आयोजकले जनाएको छ ।
आयोजकका अनुसार खेलाडीहरुको कुनै दुर्घटना बीमा गरिएको छैन भने मैदानमा प्राथमिक उपचारको व्यवस्था मिलाएको छ । फुटबल खेलको माध्यमबाट ल्होछरलाई देश तथा विदेशमा चिनाउने र आन्तरिक पर्यटक भित्र्याउने उद्देश्य रहेको छ भने युवापुस्तालाई खेलप्रति आकर्षित गर्ने मुख्य उद्धेश्य राखिएको आयोजकको जनाएको छ ।
उक्त प्रतियोगितामा नमस्ते युवा क्लब, निजगढ एफ।सि(१२, न्यू हिमाल युवा क्लब, चकरी युवा क्लब, नयाँ परिवर्तन एकता, समाजसुधार युवा क्लब, सिंगौल फुटवल क्लब, योङ्ग स्टार आयोजक (ए), निजगढ युवा क्लब,सिर्जनशिल युवा क्लब, निजगढ सिटी क्लब, चन्द्रपुर(८, रतनपुर युनाइटेड क्लब, ओम युवा क्लब, निजगढ एफ.सि.१३, आयोजक (बि) गरि १६ फुटबल टोलिले सहभागीता जनाई सकेको छ ।
उदघाटन खेलमा नमस्ते युव क्लब सर्लाही र ग्रामिण विकास एफसी कोलगाऊँ विच प्रतिस्पर्धा हुने छ ।
खेल समय १२ बजे नै उदघाट्न हुने भएकाले सम्पुर्ण खेल प्रेमी दर्शकहरू बेलैम उपस्थित भैइ दिन आयोजकले आव्हन समेत गरेको छ । दर्शकहरुले निःशुल्क खेल हेर्न सक्नेछन् ।
प्रतियोगिताको खेलहरु दिनको मध्यान्ह १२ बजे र दिउँसो ३ बजे खेलाइनेछ भने खेलमैदानमा उपस्थितती हुन नसक्ने खेल प्रेमिहरुले गोल नेपाल डटकमबाट प्रत्यक्ष प्रशारण हेर्न किने आयोजकले जनाव्को छ ।