Logo

आइतवार, श्रावण २४ गते २०८३

images

बुङमतिबाट पाटन लगियो रातो मत्स्येन्द्रनाथ

बुङमतिबाट पाटन लगियो रातो मत्स्येन्द्रनाथ

दैनिकी न्यूज

१८, माघ २०८०
बुङमतिबाट पाटन लगियो रातो मत्स्येन्द्रनाथ
images

ललितपुर । वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथलाई बुङमतिबाट पाटन लगिएको छ ।

मत्स्येन्द्रनाथलाई ६ महिना पाटन र ६ महिना बुङमति राखिने चलनअनुसार बुधबार दिउँसो तःबहाल लगिएको हो । किंवदन्तीअनुसार एकपटक भिक्षा माग्न आएका गोरखनाथलाई कान्तिपुरवासीले नदिएपछि त्यसैको झोकमा उनले पशुपति मृगस्थलीमा नवनागलाई आसन बनाए ।
यसरी १२ वर्षसम्म वर्षा नभई अनिकाल भएपछि यसको समाधान खोज्दै जाँदा गोरखनाथका गुरु मत्स्येन्द्रनाथलाई कान्तिपुर ल्याएमा गोरखनाथ आसनबाट उठी वर्षा र सहकाल हुने थाहा पाएर भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौंका राजा बन्धुदत्त बज्राचार्य तथा ललितपुरका कृषक ललित रथचक्र मिलेर मत्स्येन्द्रनाथलाई भारतको कामारुकामाक्षबाट नेपाल ल्याएको भनाइ छ ।

काठमाडौं उपत्यकाको सबैभन्दा लामो रथजात्राका रुपमा रहेको मत्स्येन्द्रनाथको रथारोहण वैशाख शुक्ल प्रतिपदाका दिन गरिन्छ । यात्रा लिच्छवीकालदेखि निरन्तर चल्दै मानिन्छ ।

images
प्रकाशित मिति :माघ १८, २०८० बिहिवार - ०५:०९:११ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology