Logo

बुधवार, श्रावण २७ गते २०८३

images

व्यापारी अरुण चौधरी पक्राउ

व्यापारी अरुण चौधरी पक्राउ

दैनिकी न्यूज

१८, माघ २०८०
व्यापारी अरुण चौधरी पक्राउ
images

काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले व्यापारी अरुण चौधरीलाई पक्राउ गरेको छ । बाँसबारी छाला तथा जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा प्रहरीले अनुसन्धानका लागि चौधरीलाई पक्राउ गरेको हो ।

सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यका अनुसार चौधरीलाई लाजिम्पाट क्षेत्रबाट पक्राउ गरिएको हो । उनलाई अहिले सीआईबी हिरासतमा राखिएको छ । चौधरी सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक हुन् ।

त्यस्तै मिलेमतोमा जग्गा हिनामिना गरेको आरोपमा चौधरीसँगै अजितनारायणसिंह थापालाई पक्राउ गरिएको छ । थापालाई बत्तीसपुतलीस्थित निवासबाट पक्राउ गरिएको हो । उनी बाँसबारी छाला जुता कम्पनीका तत्कालीन अध्यक्ष हुन् ।

उनीहरूलाई किर्ते मुद्दामा म्याद थपका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको सिआइबीका एसएसपी दिनेश आचार्यले बताए।

images
प्रकाशित मिति :माघ १८, २०८० बिहिवार - १४:१४:०३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology