Logo

बुधवार, श्रावण २७ गते २०८३

images

आज यी स्थानमा वर्षा हुने

आज यी स्थानमा वर्षा हुने

दैनिकी न्यूज

१९, माघ २०८०
आज यी स्थानमा वर्षा हुने
images

काठमाडौं । देशको पहाडी भू–भागमा अहिले आंशिक बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागिरहेको छ ।

दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भेगका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानका साथै बाँकी उच्च पहाडी तथा हिमाली भेगका केहीस्थानमा हल्का हिमपातको सम्भावना छ।

राति कोशी प्रदेशको पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ। महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

हाल नेपालमा पश्चिमी वायुको प्रभाव छ। यसैको प्रभावस्वरूप बिहीबार पश्चिम नेपालमा वर्षा भएको थियो। काठमाडौं र आसपासका केही जिल्लाका साथै तराई–मधेशमा समेत हल्का पानी परेको थियो।

images
प्रकाशित मिति :माघ १९, २०८० शुक्रवार - ०७:२३:३८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology