Logo

बुधवार, श्रावण २७ गते २०८३

images

बैंकिङ कसूर मुद्दाका फरार काठमाडौं गोकर्णेश्वरका राना पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार काठमाडौं गोकर्णेश्वरका राना पक्राउ

दैनिकी न्यूज

१९, माघ २०८०
बैंकिङ कसूर मुद्दाका फरार काठमाडौं गोकर्णेश्वरका राना पक्राउ
images

काठमाडौं । बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी गोकर्णेश्वर नगरपालिका-५ नयाँबस्ती डेरा गरी बस्ने पाल्पा पूर्वखोला गाउँपालिका–२ घर भएका ४० वर्षीय रेवत बहादुर रानालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदातल पाटनको २०७७ मंसिर २१ गतेको फैसलाले बैंकिङ कसूर मुद्दाहरूमा २४ दिन कैद सजाय, ७५ लाख रूपैयाँ जरिवाना र ७५ लाख रूपैयाँ बिगो भराई क्षतिपुर्ति बापत पीडित राहतकोषमा ३ लाख रूपैयाँ जम्मा गराउने ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं गोकर्णेश्वरबाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं पठाइएको छ ।

images
प्रकाशित मिति :माघ १९, २०८० शुक्रवार - १७:०१:११ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology