अर्घाखाँची । अर्घाखाँचीको ढाकावाङ्गमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यू भएको छ । दुई जना घाइते भएका छन् । भूमिकास्थान नगरपालिका वडा नं. २ को ढाकावाङ्ग थापाडाँडामा लु १ ज १६७९ नम्बरको जीप आज बिहान दुर्घटना भएको हो ।
दुर्घटनामा भूमिकास्थान वडा नं. २ मुलटंकीका देवा बेल्वासे र सन्धिखर्क वडा नं. ८ खापडाँडाका डेमकला बेल्वासेको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । पणेना वडा नं. १ का कपिला खनाल पोख्रेल र सर्मिक पोख्रेल घाइते भएका छन् । घाइते दुवैजनालाई उपचारका लागि सन्धिखर्क पठाएको र अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ ।