ललितपुर । ललितपुर जिल्लाको साङपाङचोक र भैसेपाटीमा दुई जना मृत अवस्थामा फेला परेका छन् ।
ललितपुर महानगरपालिका–१४ साङपाङचोक डेरा गरी बस्ने रामेछाप गोकुलगंगा घर भएका ३४ वर्षीय संरिच सुनुवार आफ्नै कोठामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी ललितपुर, ललितपुर महानगरपालिका–२२ भैँसेपाटीस्थित पोखरीमा ललितपुर बुङमती बस्ने ५६ वर्षीय चिरी बाबु श्रेष्ठ शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।