Logo

बुधवार, श्रावण २७ गते २०८३

images

लागूऔषधसहित विभिन्न स्थानबाट १० जना पक्राउ

लागूऔषधसहित विभिन्न स्थानबाट १० जना पक्राउ

दैनिकी न्यूज

२०, माघ २०८०
लागूऔषधसहित विभिन्न स्थानबाट १० जना पक्राउ
images

काठमाडौँ । अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १० जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलाली, नवलपरासी पश्चिम, दाङ र झापा जिल्लाका छन् ।

कैलाली, धनगढी उपमहानगरपालिका-१ त्रिवेणी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम र चरेश जस्तो देखिने पदार्थ करिब ४ ग्राम ४ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने २८ वर्षीय दिनेश विक समेत ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

नवलपरासी पश्चिम, पाल्हीनन्दन गाउँपालिका-१ महेशपुर चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ६ ग्रामसहित सुनवल नगरपालिका-७ अस्नैया घर भई रूपन्देही बुटवल उपमहानगरपालिका-११ देवीनगर बस्ने २८ वर्षीय सरोज चौधरी समेत २ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय महेशपुरबाट खटिएको प्रहरीले लु.३५ प ५६१३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

दाङ, तुलसीपुर उपमहानगरपालिका-१८ बेलझुण्डीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ सय ३० मिलिग्रामसहित सोही ठाउँ बस्ने दिवश ढकाललाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

झापा, मेचिनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४ ग्रामसहित कमल गाउँपालिका-५ नमुना टोल बस्ने १९ वर्षीय प्रितेश राई समेत ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यसैगरी झापा, मेचिनगर नगरपालिका-६ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४ ग्रामसहित सुनसरी धरान उपमहानगरपालिका-८ बस्ने २९ वर्षीय विकाश विकलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

images
प्रकाशित मिति :माघ २०, २०८० शनिवार - १९:२२:३५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology