Logo

बुधवार, श्रावण २७ गते २०८३

images

भोली यी क्षेत्रमा वर्षा र हिमपात हुने

भोली यी क्षेत्रमा वर्षा र हिमपात हुने

दैनिकी न्यूज

२०, माघ २०८०
भोली यी क्षेत्रमा वर्षा र हिमपात हुने
images

काठमाडौं । पश्चिमी वायुसँगै पश्चिमी न्यून चापीय प्रणाली सक्रिय बन्न थालेपछि भोली (आइतबार) वर्षा र हिमपात हुने देखिएको छ।

आइतबार देशभर बदली हुनेछ। मौसम पूर्वानुमान महाशाखाले हिउँदे मौसमको विशेष बुलेटिन दुई जारी गर्दै आइतबार सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनीमा वर्षाको आकलन गरेको छ।

‘बागमती र कोशीका एक–दुई ठाउँमा वर्षा हुन सक्छ, तर यसपटक पनि अस्तिजस्तै पश्चिम केन्द्रित वर्षा हुने महाशाखाले जनाएको छ ।

तराई क्षेत्रमा लुम्बिनीसम्म वर्षा भए पनि मधेश र कोशीमा भने वर्षाको सम्भावना छैन। तर, काठमाडौं उपत्यकामा भने फाटफुट वर्षाको सम्भावना छ।

आइतबार सुदूरपश्चिम, कर्णाली र गण्डकीका उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको आकलन गरिएको छ भने बागमती र कोशीका थोरै स्थानमा हिमपात हुन सक्ने ठानिएको छ।

जलवाष्पयुक्त हावा बोकेको पश्चिमी वायुका कारण शनिबार साँझबाट चिसो हावा चल्न थालेको छ। यो प्रणाली सोमबारबाट कमजोर बन्ने आकलन गरिएको छ ।

यसअघि गत बुधबार प्रवेश गरेको पश्चिमी वायुले बिहीबार पश्चिम नेपालकेन्द्रित वर्षा र हिमपात गराएको थियो। तर, मध्य र पूर्वी नेपालसम्म आइपुग्दा कमजोर बनेको थियो। यसपटक पनि पश्चिमी वायु धेरै मजबुत छैन। यसले पश्चिममा प्रभाव पारे पनि पूर्वी नेपालमा भने खासै असर गर्ने देखिँदैन।

साथै सोमबार साँझबाट क्रमशः मौसममा सुधार हुँदै जाने सम्भावना रहेको महाशाखाले जनाएको छ।

मौसम प्रणालीको असरले तापक्रम घट्दै गएको छ। जसले चिसो बढ्ने सम्भावना रहेको छ। वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवन, स्वास्थ्य, पर्वतारोहण, हवाई यातायातलगायत क्षेत्रको जनजीवनमा असर पर्ने भन्दै महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

 

images
प्रकाशित मिति :माघ २०, २०८० शनिवार - १९:३१:५६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology