Logo

सोमवार, श्रावण २५ गते २०८३

images

लाकुरी भञ्ज्याङको सामुदायिक वनमा विनाअनुमति रुख कटान, स्थानीय चिन्तित

लाकुरी भञ्ज्याङको सामुदायिक वनमा विनाअनुमति रुख कटान, स्थानीय चिन्तित

दैनिकी न्यूज

२३, माघ २०८०
लाकुरी भञ्ज्याङको सामुदायिक वनमा विनाअनुमति रुख कटान, स्थानीय चिन्तित
images

ललितपुर । ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका वडा नं. १० लाँकुरी भञ्ज्याङस्थित वन जथाभावी रूपमा रुख कटान र डोजर चलाएको पाइएको छ ।

20e2044b-9d32-4bed-b491-da7114526bc6.jpg

21115d90-bbab-4bb7-8b02-c81d926a117d.jpg
वनको संरक्षण गर्नुपर्ने निकाय माथिल्लो पात्ले सामुदायिक वन उपभोक्ता समितिले नै अनधिकृत रूपमा रुख कटान र डोजर चलाएको हो । जथाभावी रुख कटान तथा डोजर चलाएपछि स्थानीयवासीले विरोध जनाएको छ ।
पात्ले सामुदायिक वनमा विनास्वीकृत रुख कटान भइरहेको गुनासो तथा उजुरीपछि डिभिजन वन कार्यालय ललितपुरले अनुगमन गर्ने भएको छ । समितिले एकसाता अघिदेखि सल्ला, उत्तीस र चिलाउनेका ५ दर्जनभन्दा बढी रुख काटेको उजुरीमा उल्लेख छ ।

121c548d-28af-45de-8d1c-8abb3a6ba9cb.jpg

bdf4c1b7-28e1-4ec3-b65a-4e475bacba43.jpg
स्थानीयवासीले रुख काटिएको बारे वन तथा भू–संरक्षण विभाग तथा डिभिजन वन कार्यालयमा गुनासो तथा उजुरी गरेका छन् ।
विभागले वन ऐन, २०७६ तथा वन नियमावली, २०७९ र प्रादेशिक वन ऐन तथा नियमावली अनुसार कानूनी कारवाहीको लागि डिभजन वन कार्यालय ललितपुरलाई २०८० असारमा पत्रचार गरेको थियो । तर हालसम्म पनि वन कार्यालयले कारवाहीको प्रकृया अघि नबढाएको भन्दै स्थानीयवासी वन कार्यालयको समेत संलग्न रहेको आशंका गरेका छन् ।

a8443f87-dfdc-47d3-a03b-64033bf4dea0.jpg


माथिल्लो पातले सामुदायिक वनको फडानी रोक्का गरी यसमा संलग्न जोकोहीलाई कानून बमोजिम हदैसम्मको कारवाहीको गरी पाउँ भन्ने व्यहोराको उजुरी परेको वन तथा भू–संरक्षण विभागका वन अधिकृत गोविन्द कुमार श्रेष्ठले बताए ।
यसैबीच आइतबार डिभिजन वन कार्यालय ललितपुरले रुख कटानबारे समितिलाई पत्रचार गर्दै स्पष्टीकरण सोधेको छ । डिभिजन वन कार्यालय ललितपुरका वन अधिकृत सन्तकुमार श्रेष्ठले रुख कटान गरेको गुनासो आएपछि पत्राचार गरिएको र अब निरीक्षण पनि गरिने जानकारी दिए । तर समितिका अध्यक्ष वीरमान तामाङले रुख कटान नगरिएको दाबी गरे । वडा नं. १० का वडा अध्यक्ष विजय लामाले राजनीतिक आग्रह पूर्वाग्रह गरेर उजुरी दिएको बताए ।

images
प्रकाशित मिति :माघ २३, २०८० मंगलवार - ०९:०८:१९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology