काठमाडौं । काठमाडौँ जिल्ला अदालतको आदेशबमोजिम सीजी ग्रुपका निर्देशक एवम् व्यापारी अरुण चौधरीसहित ३ जना नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट रिहा भएका छन्।
सीआईबीले अरुण चौधरीलाई छोरा करण चौधरीको जिम्मा लगाएको छ। उता बाँसबारी छालाजुत्ता उद्योगको जग्गामा चौधरी ग्रुपले खोलेको चाँदबाग स्कुलका सञ्चालक सञ्जय ठाकुरलाई श्रीमती अनिता झाको जिम्मा लगाइएको छ।
उता बाँसबारी छालाजुत्ता उद्योगका तत्कालीन अध्यक्ष अजितनारायणसिंह थापालाई पनि उनका छोराले जिम्मा लिएर गएका हुन्।
उनीहरू तीनैजनालाई खोजेको बेला उपस्थित हुने शर्तमा रिहा गरिएको हो । बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको आरोपमा उनीहरूलाई सीआईबीले पक्राउ गरेको थियो।