Logo

बुधवार, श्रावण २७ गते २०८३

images

नापी कार्यालय कलंकीका सर्भेक्षक १ लाख घुससहित पक्राउ

नापी कार्यालय कलंकीका सर्भेक्षक १ लाख घुससहित पक्राउ

दैनिकी न्यूज

२५, माघ २०८०
नापी कार्यालय कलंकीका सर्भेक्षक १ लाख घुससहित पक्राउ
images

काठमाडौँ । नापी कार्यालय कलंकीका सर्भेक्षक १ लाख घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधबार सर्भेक्षक लक्ष्मी प्रसाद चौलागाईलाई पक्राउ गरेको हो ।

यस्तै टोलीले ‘राजधानी लेखापढी सेवा’का लेखापढी कर्मचारी नेत्रमणि पोखरेललाई पनि पक्राउ गरेको छ ।

दुई जना मिलेर जग्गा हालसाबिक एवं कित्ताकाट गरी पुर्जा उपलब्ध गराइदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मागेको उजुरीका अख्तियारको टोलीले कार्यालयबाटै पक्राउ गरेको हो ।

चौलागाई र पोखरेललाई सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित नापी कार्यालयबाट नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

images
प्रकाशित मिति :माघ २५, २०८० बिहिवार - ०७:३४:०८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology