Logo

बुधवार, श्रावण २७ गते २०८३

images

पूर्वडीआईजी छविलाल जोशीको घरमा प्रहरीले छापा

पूर्वडीआईजी छविलाल जोशीको घरमा प्रहरीले छापा

दैनिकी न्यूज

२५, माघ २०८०
पूर्वडीआईजी छविलाल जोशीको घरमा प्रहरीले छापा
images

काठमाडौं । नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीको घरमा प्रहरीले छापा हानेको छ।

उनको शंखमूलस्थित घरबाट पोखराको सूर्यदर्शन सहकारीसँग सम्बन्धित दस्ताबेज बरामद गरेको छ।

जोशीको घरमा नेचर हब इन्टरनेसनल प्रालिको कार्यालयसमेत सञ्चालित थियो। त्यहीबाट सहकारी रकम कारोबार भएको सफ्टवेयरको सर्भरसमेत बरामद भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पोखराको आग्रहमा जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले छापा मारेको हो।

बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा सहकारीका संस्थापक अध्यक्ष जीबी राई, अध्यक्ष थानबहादुर बुढा मगर र पूर्वअध्यक्ष भुपेन्द्र राई फरार छन्।

उनीहरु तीनै जनाविरुद्ध इन्टरपोलमा डिफ्युजन नोटिस जारी छ। त्यही सहकारीको रकम ग्यालेक्सी टेलिभिजनमा लगानी गरेको आरोप छ।

images
प्रकाशित मिति :माघ २५, २०८० बिहिवार - ०७:४८:४२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology