Logo

बुधवार, श्रावण २७ गते २०८३

images

ललितपुरको चाँगाथलीबाट ब्राउन सुगर र गोलीसहित ४ जना पक्राउ

ललितपुरको चाँगाथलीबाट ब्राउन सुगर र गोलीसहित ४ जना पक्राउ

दैनिकी न्यूज

२५, माघ २०८०
ललितपुरको चाँगाथलीबाट ब्राउन सुगर र गोलीसहित ४ जना पक्राउ
images

ललितपुर । ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका वडा नं. ७ चाँगाथलीबाट पेस्तोलको गोली र ब्राउन सुगरसहित ४ जना पक्राउ परेका छन्।

2.jpg

बुधबार दिउँसो १ बजेतिर चाँगाथलीस्थित एक घरबाट प्रहरीले चार जनालाई पक्राउ गरेको प्रहरी स्रोतले बतायो। पक्राउ पर्नेमध्ये एक जना भारतीय नागरिक र तीन जना नेपाली छन्।

सोही वडामा बस्ने सुरेश उप्रेती, लायोक कङ्दवा (लिम्बू), प्युठान घर भई भक्तपुर बस्ने मनोज थापा र भारतीय नागरिक सिनामंगल बस्ने सञ्जय मेहता पक्राउ परेका हुन्।

प्रहरीले उनीहरूलाई लायोक बस्ने घरबाट पक्राउ गरेको हो। उनीहरूबाट १४।.६८ ग्राम ब्राउन सुगर र दुई राउण्ड नाइन एमएमको गोली बरामद भएको हो।

लागुऔषधको कारोबार हुन लागेको भन्ने सूचना प्रहरीले पाएको थियो। उक्त सूचनापछि प्रहरी प्रभाग लुभुका इन्चार्ज सई सन्तोष बुढाथोकी कमाण्डमा खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ परेका चारै जनालाई प्रहरी वृत्त सातदोबाटो पठाइएको छ।

images
प्रकाशित मिति :माघ २५, २०८० बिहिवार - ०८:००:२९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology