Logo

बुधवार, श्रावण २७ गते २०८३

images

म्याद गुज्रिएको खाद्य सामग्री बेचेको आरोपमा ललितपुरको एक खाद्य उद्योगमा सिल

म्याद गुज्रिएको खाद्य सामग्री बेचेको आरोपमा ललितपुरको एक खाद्य उद्योगमा सिल

दैनिकी न्यूज

२५, माघ २०८०
म्याद गुज्रिएको खाद्य सामग्री बेचेको आरोपमा ललितपुरको एक खाद्य उद्योगमा सिल
images

ललितपुरं । म्याद गुज्रिएको खाद्य सामग्री बेचेको आरोपमा ललितपुरको एक खाद्य उद्योगमा सिल गरिएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्त अनुगमन टोलीले स्थानीय जनप्रतिनिधिको रोहबरमा मंगलबार महालक्ष्मी नगरपालिका–८ स्थित मिनाक्षी खाद्य उद्योग सिल गरेको छ ।

म्याद गुज्रिएका खाद्य सामग्री नयाँ लेभलिङ गरी आफूखुशी बजारमा पुर्याएर आम उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने कार्य गरेको अभियोगमा उद्योग सिल गरिएको प्रहरीको भनाइ छ ।

उद्योगमा म्याद गुज्रिएका विभिन्न खाद्य सामग्री, मसला र म्याद मेटाउने स्पिरिट तथा लेभलिङ गर्ने मेसिन समेत फेला पारिएको छ ।

उद्योगका सञ्चालकलाई विभागले तीन दिनभित्र आवश्यक कागजातसहित उपस्थित हुन निर्देशन दिइएको छ ।

images
प्रकाशित मिति :माघ २५, २०८० बिहिवार - ०८:३०:४८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology