Logo

बुधवार, श्रावण २७ गते २०८३

images

१५ लाख घुससहित पक्राउ परेका बनेपाका वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर

१५ लाख घुससहित पक्राउ परेका बनेपाका वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर

दैनिकी न्यूज

२६, माघ २०८०
१५ लाख घुससहित पक्राउ परेका बनेपाका वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर
images

काठमाडौं । काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष नृपेश बादेविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

१५ लाख रुपैयाँ घुससहित पक्राउ परेका बादेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा मुद्दा दायर गरेको हो । घर बाटो सिफारिस गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा उनी गएको ३ गते घुस रकमसहित पक्राउ परेका थिए ।

आयोगको टोलीले अध्यक्ष बादेको साथबाट जापानी रुपैयाँ १० हजार र अमेरिकी डलर एक सय रुपैयाँ पनि बरामद गरेको छ ।

images
प्रकाशित मिति :माघ २६, २०८० शुक्रवार - २०:२१:०७ बजे

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology