ललितपुर । ललितपुर जिल्लाको गोदावरी नगरपालिका वडा नं. ११ बुलुपार्क बस्ने ६५ वर्षीय कान्छा महर्जनको टहरोमा बिहीबार राति आगलागी हुँदा आगोले महर्जनको जलेर मृत्यु भएको छ । आगलागीबाट टहरो समेत पूर्णरूपमा क्षति भएको छ ।
आफ्नै जस्ताको टहरोमा आगलागी हुँदा सोही आगोले जलेर उनको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।