Logo

बुधवार, श्रावण २७ गते २०८३

images

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

दैनिकी न्यूज

२८, माघ २०८०
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
images

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी काभ्रे पनौती नगरपालिका-६ ठेगाना भएका ६७ वर्षीय रामभक्त थापालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

पुनरावेदन अदालत पाटनको २०७१ बैशाख २९ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ३ वर्ष कैद र ९ करोड ७ लाख ६ हजार ३ सय ७८ रूपैयाँ ७४ पैसा विगो बमोजिम जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाटबाट खटिएको प्रहरीले काठमाडौं कोटेश्वरबाट पक्राउ गरेको हो । क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनी लिमिटेडका पदाधिकारी र कर्मचारीहरूलाई प्रभावमा पारी थापाले निज संचालक रहेको काभ्रे ब्रोइलर सप्लायर्स नामक प्राइभेट फर्मको फर्जी कागजातहरू तयार गरी ८ करोड ५० लाख रूपैयाँ कर्जा लिई सो कर्जा दुरूपयोग गरी फाइनान्स कम्पनी लिमिटेडलाई विगो बराबर हानी नोक्सानी पुर्‍याएको भन्ने बैंकिङ कसूर मुद्दामा अदालतले उनी उपर उक्त फैसला गरेको थियो ।

उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ ।

images
प्रकाशित मिति :माघ २८, २०८० आइतवार - १९:१२:३८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology