Logo

बुधवार, श्रावण २७ गते २०८३

images

दीपेश पुनसँग सुन तस्करी जाँचबुझ आयोगले लियो बयान

दीपेश पुनसँग सुन तस्करी जाँचबुझ आयोगले लियो बयान

दैनिकी न्यूज

२९, माघ २०८०
दीपेश पुनसँग सुन तस्करी जाँचबुझ आयोगले लियो बयान
images

काठमाडौं । सुन तस्करीबारे जाँचबुझ आयोगले दीपेश पुनसँग बयान लिएको छ।

६० किलो सुन तस्करी प्रकरणमा संलग्न दावा छिरिङसँग दिपेशको कनेक्सन देखिएपछि आयोगले सिंहदरबारस्थित कार्यालयमै बोलाएर आइतबार बयान लिएको हो।

दावा पुर्पक्षका लागि थुनामा छन्।

माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का महासचिव समेत रहेका पुनलाई दावासँगको सम्बन्ध लगायतका विषयमा सोधपुछ गरिएको आयोगले जनाएको छ ।

यसअघि माओवादी उपाध्यक्ष कृष्णबहादुर महरासँग पनि आयोगले बयान लिएको थियो।

images
प्रकाशित मिति :माघ २९, २०८० सोमवार - ०५:५८:०३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology