Logo

बुधवार, श्रावण २७ गते २०८३

images

अरुण चौधरीलाई दुई दिनमै छुटाउने न्यायाधीश आचार्य मुगुमा काज सरुवा

अरुण चौधरीलाई दुई दिनमै छुटाउने न्यायाधीश आचार्य मुगुमा काज सरुवा

दैनिकी न्यूज

२९, माघ २०८०
अरुण चौधरीलाई दुई दिनमै छुटाउने न्यायाधीश आचार्य मुगुमा काज सरुवा
images

काठमाडौं । बाँसबारी छाला जुत्ता कारखाना जग्गा विवादमा आदेश गर्ने काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यलाई मुगु सरुवा गरिएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायाधीश आचार्यलाई कारबाही स्वरूप आइतबार मुगु सरुवा गरेको सर्वोच्च अदाल उच्च स्रोतले बतायो । त्यहाँका न्यायाधीश रमाकान्त अधिकारीलाई भने यही मेसोमा सिन्धुली ल्याइएको छ ।

उच्च स्रोतका अनुसार न्यायाधीश आचार्यमाथि सम्पत्ति शुद्धिकरणलगायत विषयमा थप अनुसन्धानसमेत हुने भएको छ ।

बाँसबारी छाला कारखानाको सरकारी जग्गा प्रकरणको अनुसन्धानमा पक्राउ परेका व्यवसायी अरुण चौधरीसहित बाँसबारी छाला जुत्ता कम्पनी लिमिटेडका तत्कालीन अध्यक्ष अजितनारायण सिंह थापा र सञ्चालक समिति अध्यक्ष सञ्जय ठाकुरलाई न्यायाधीश आचार्यको इजलासले हाजिरी जमानीमा छाड्न आदेश गरेको थियो । न्यायाधीश आचार्यको एकल इजलासले उनीहरूलाई दुई दिनमा रिहा गर्न माघ २२ गते आदेश गरेको थियो ।


चौधरीसहितलाई २ दिन भित्र रिहा गर्न अदालतले जारी गरेको आदेशको चौतर्फी विरोध भएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले चौधरीसहित तत्कालीन अजितनारायण सिंह थापा र ठाकुरलाई माघ १८ गते काठमाडौंबाट पक्राउ गरेको थियो ।

उनीहरूमाथि अनुसन्धानका लागि जिल्ला अदालतले सुरुमा ४ दिनको म्याद दिएको थियो । म्याद सकिएपछि प्रहरीले उनीहरूलाई थप म्याद थपका लागि अदालतमा ल्याएको थियो ।

अदालतको आदेशसँगै चौधरीसहित उनीहरू रिहा भइसकेका छन् ।

उनै न्यायाधीशले यसअघि उमेर नपुगेकी युवती बलात्कार गरेको अभियोग लागेका अभिनेता पल शाहलाई अर्कै मुद्दाको ब्याख्या गरेर प्रहरी हिरासतबाट रिहा गराउन मार्ग प्रशस्त गरेका थिए ।

images
प्रकाशित मिति :माघ २९, २०८० सोमवार - १०:१७:४५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology