Logo

बुधवार, श्रावण २७ गते २०८३

images

काठमाडौँमा जुवातास खेलिरहेका १७ जना पक्राउ

काठमाडौँमा जुवातास खेलिरहेका १७ जना पक्राउ

दैनिकी न्यूज

२९, माघ २०८०
काठमाडौँमा जुवातास खेलिरहेका १७ जना पक्राउ
images

काठमाडौँ । काठमाडौँका विभिन्न स्थानबाट जुवातास खेलिरहेका १७ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरू शंखरापुर र चन्द्रागिरिबाट पक्राउ परेका हुन् ।

शंखरापुर नगरपालिका वडा नं. ७ साँखुस्थित सोही नगरपालिका वडा नं. १ नाङलेभारे घर भएका ३७ वर्षीय प्रकाश लामिछानेको बज्रयोगिनी वर्क शप एण्ड रि कन्डिसनमा जुवातास खेलिरहेको अवस्थामा लामिछाने समेत ९ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ६ सय रुपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।

यसैगरी चन्द्रागिरि नगरपालिका वडा नं. ८ कञ्चन बस्तीस्थित रिङ कारखानामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ७५ वर्षीय केपी गुरुङ समेत ८ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३४ हजार ८ सय ३० रुपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :माघ २९, २०८० सोमवार - १४:१५:२१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology