Logo

बुधवार, श्रावण २७ गते २०८३

images

जापान पठाइदिन्छु भन्दै रकम ठगी गर्ने ललितपुरको सानेपा वस्ने एक युवक पक्राउ

जापान पठाइदिन्छु भन्दै रकम ठगी गर्ने ललितपुरको सानेपा वस्ने एक युवक पक्राउ

दैनिकी न्यूज

२९, माघ २०८०
जापान पठाइदिन्छु भन्दै रकम ठगी गर्ने ललितपुरको सानेपा वस्ने एक युवक पक्राउ
images

ललितपुर । जापान पठाइदिन्छु भन्दै ३५ लाख ५० हजार रूपैयाँ ठगी गरेको अभियोगमा मकवानपुर निबुवाटार गाउँपालिका वडा नं. ४ घर भई ललितपुर सानेपा बस्ने ३७ वर्षीय पुरूषोत्तम अधिकारीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

अधिकारीले ६ जनालाई वैदेशिक रोजगारीका लागि जापान पठाई प्रतिष्ठित कम्पनीमा मासिक १ लाख ५० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटक पटक गरी उक्त रकम ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका वडा नं. ३१ बिजुली बजारबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

images
प्रकाशित मिति :माघ २९, २०८० सोमवार - १८:३३:१९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology